दफा
परिषद्को काम, कर्तव्य र अधिकार
परिषद्को काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:-

(क) - सार्वजनिक सेवा प्रसारण सम्बन्धमा अपनाउनु पर्ने नीतिका सम्बन्धमा नेपाल सरकारलाई सुझाव दिने,

(ख) सार्वजनिक सेवा प्रसारण संस्थाको नीति, वार्षिक योजना तथा कार्यक्रम अनुसार भएका कार्यहरूको समीक्षा गर्ने, (ग) सार्वजनिक सेवा प्रसारण संस्थाका पदाधिकारी तथा कर्मचारीहरूको आचारसंहिता बनाई सोको प्रभावकारी कार्यान्वयन गर्ने वा गराउने,

(घ) सार्वजनिक सेवा प्रसारण संस्थाबाट उत्पादन तथा प्रसारण हुने कार्यक्रममा राजनीतिक वा अन्य कुनै आधारमा आग्रह वा पूर्वाग्रह नराखी तटस्थता र निष्पक्षता कायम गर्ने वा गराउने, र्‌

(ङ) सार्वजनिक सेवा प्रसारण संस्थाको सम्बन्धमा नीतिगत मार्गदर्शन गर्ने तथा सञ्चालक समितिलाई आवश्यक निर्देशन दिने।